बारा-पर्साका हावाहुरी पीडितलाई कर्णाली सरकारले एक करोड दिने

बारा र पर्साका हावाहुरी प्रभावितहरूका लागि कर्णाली प्रदेश सरकारले एक करोड रुपैयाँ उपलब्ध गराउने भएको छ।

शनिबार बसेको प्रदेशको मन्त्रिपरिषद बैठकले हावाहुरी पीडितलाई राहतस्वरूप एक करोड रुपैयाँ प्रदेश २ को मुख्यमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

यस्तै, हाल ५० शैय्याको कर्णाली प्रदेश अस्पताललाई शिक्षण अभ्याससहित ३०० शैय्याको रेफरल अस्पतालको रूपमा स्तरोन्नति गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले जानकारी दिएका छन् ।