तामाकोसी गाउँपालिकाको आर्थिक बर्ष २०७६÷ ७७ को कुल बजेट ४६ करोड ७६ लाख ६४ हजार १ रुपैयाँ ८८ पैसा

प्रदेश ३ अन्तर्गत दोलखाको तामाकोसी गाउँपालिकाको आर्थिक वर्ष ७६÷ ७७ को वार्षिक नीति तथा कार्यक्रम गाउँपालिकका अध्यक्ष इश्वर चन्द्र पोखरेल अध्यक्षतामा पालिकाका उपाध्यक्ष तथा बजेत तर्जुमा समितिका संयोजक उर्मिला खड्का के.सीले प्रस्तुत गर्नुभएको छ ।
गाउँपालिकाको आर्थिक बर्ष २०७६÷ ७७ को कुल बजेट ४६ करोड ७६ लाख ६४ हजार १ रुपैयाँ ८८ पैसा रहेको छ । मङ्गलबार गाउँपालिकाको चौथो गाउँसभामा उपाअध्यक्ष उर्मिला खड्काले आर्थिक वर्ष २०७६÷०७७ को बजेट प्रस्तुत गर्नुभएका हो ।
तामाकोसी गाउँपालिकाका अध्यक्ष इश्वर चन्द्र पोखरेको अध्यक्ष्तामा भएको चौथो गाउँसभामा गाउँपालिकाका सातैवटा वडाका गाउँसभाका सदस्यको उपस्थिति रहेको थियो । गाउँ सभामा सदस्यहरुले उठान गरिएका सवाललाई सभाध्यक्ष इश्वर चन्द्र पोखरेले कानूनी तवरबाट उचित सवालको समधान गरिने भन्दै सदस्यहरुको जिज्ञासालाई समधान गर्नु भएको थियो ।
सभाध्यक्ष पोखरेलले नमुना र समृद्ध गाउँपालिका निर्माणको लागि कुनै पनि कसुर वाँकी नराखिने र यसको लागि सवै गाउँपालिका परिवार एकजुटभएर लाग्नुपर्ने वताउनु भयो । हामीलाई धेरेै चुनौति र समस्यहरु रहेका छन् । समस्या र चुनौती हुदा हुदैपनि हामीले गाउँपालिकामा धेरै राम्रा र नुमुना काम गरेका छौ । यस आर्थिक बर्षमा पनि विगतका कमि कमजोरीलाई सच्याउँदै समयमै काम थालनि गर्ने र भुक्तानीको कुनैपनि समस्य नआउँने वताउनु भएको थियो । आर्थिक वार्ष २०७६÷ ७७ मा झन धेरै काम गर्नु पर्ने भएकाले सम्पुर्ण वाडा अध्यक्ष, सदस्यहरुले अनुगमन लागएका आफ्नो टोलमा भएका विकासका गतिविधिमा कानून सम्वत ढङ्गले लाग्न निर्देशन दिनु भयो ।
गाउँपालिकाको २०७६÷ ७७ को बजेट प्रस्तुत गर्नुहुदै उपाध्यक्ष उर्मिला खड्का के.सी ले राजनैतिक, समाजिक, आर्थिक परिर्वतनमा नेतृत्वदायी भुमिका निर्वाह गर्ने सम्पुर्ण अग्रजहरु प्रति सम्मान प्रकट गर्नुभएको थियो । कार्यक्रमा उपाध्यक्ष खड्काले प्राप्त अवरको सदुपयोग र आएका चुनौतिको सामना गर्ने गरि बजेट तयार गरिएको वताउनु भयो ।

गाउँसाभाको कार्यक्रम संयोजन भुमिकामा रहनुभएको गाउँपालिकाका प्रवक्ता उवंम वडा नम्वर ४ मालुका वडाअध्यक्ष होम बहादुर श्रेष्ठले पालिका भित्रका सदस्यले पालना गर्नुपर्ने आचार संहिताको वारेमा प्रष्ट पानुभएको थियो ।
कार्यक्रममा गाउँपालिकासभाका सदस्य नानिकाजी तामाङ्गले सदस्यहरुको सातबुँदे मागकोबारेमा सभालाई जनकारी गाउँनु भएको थियो ।
प्रस्तुत गरिएको बजेत

तामाकोशी गाउँपालिका बजेट २०७६-७७