राष्ट्रिय पुन निर्माण प्राधीकरणद्वारा दोलखाको कालिञ्चोक गाउँपालिकासहित भुकम्प्रभावित जिल्लाका तीन स्थानीय तह सम्मानित

बैशाख १२ दोलखाको कालिञ्चोक गाउँपालिकालाई निजी आवास र विद्यालय पुर्ननिर्माणमा उल्लेखनीय काम गरेको भन्दै राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले सम्मान गरेको छ ।

भुकम्प स्मृति दिवसको अवसरमा निजी आवास र विद्यालय निर्माणमा भुकम्प प्रभावित १४ जिल्ला मध्ये दोलखाको कालिञ्चोक गाउँपालिका,गोरखाको वारपाक,रसुवाको उमाकुण्ड गाउँपालिकालाई प्राधिकरणले प्रसंसा पत्र प्रदान गरेको हो । जिल्लाको कालिञ्चोक गाउँपालिकाका अध्यक्ष विनकुमार थामीलाई प्रधानमन्त्री के.पि शर्मा ओलीले प्रसंसा प्रत्र प्रदान गर्नुभएको हो ।
दोलखाको कालिञ्चोक गाउँपालिकामा भुकम्प गएको चार वर्षको अवधिमा कालिञ्चोकमा पहिचान भएका ८ हजार ९सय १६ जना भुकम्प प्रभावित मध्ये हाल सम्म पहिलो ८ हजार ४ सय ४९ जना सँग सम्झौता गरिएको गाउँपालिकाका ईन्जिनियर आयसा जोशीले जानकारी दिनुभयो । जोशीका अनुसार कालिञ्चोक गाउँपालिकामा ८ हजार ४ सय ४९ जनाले पहिलो किस्ता,७ हजार ७ सय ३३ जनाले दोस्रो र ७ हजार २ सय ४९ जनाले तेस्रो किस्ता रकम लिएका छन् ।
जिल्लामा वडाको सम्मान
दिवसकै अवसरमा २०७२ सालको बैशाख १२, १३ र २९ गते गएको विनाशकारी भुकम्पका कारण क्षती भएको निजी आवास मध्ये सवै भन्दा वढि तेस्रो किस्ता निकासा गर्न सफल भएको भन्दै जिल्ला स्तरीय आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वधारको कार्यालय दोलखाले कालिञ्चोक गाउँपालिका वडा नम्वर ७ लाई प्रसंसा पत्र प्रदान गरेको छ ।
दोलखामा भुकम्प स्मृति दिवसको अवसरमा निजी आवास निर्माणमा सवै भन्दा बढी तेस्रो किस्ता निकासा गर्ने ९ वटा वडालाई सम्मान गरिएको छ । भीमेश्वर नगरपालिकाको वडा नम्वर १, जिरी नगरपालिकाको वडा नम्वर १, कालिञ्चोकको वडा नम्वर ७, तामाकोशीको वडा नम्वर ३, वैतेश्वरको वडा नम्वर ४, गौरीशंकरको वडा नम्वर १, मेलुङ गाउँपालिकाको वडा नम्वर १, शैलुङको वडा नम्वर ७ र विगु गाउँपालिकाको वडा नम्वर २ गरि ९वटा वडालाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको छ । जिल्लामा सवै भन्दा वढि मेलुङ गाउँपालिका वडा नम्वर १ पवटी र सवै भन्दा कम भीमेश्वर नगरपालिका वडा नम्वर २ ले तेस्रो किस्ता निकासा गरेको छ ।