खुल्ला क्रिकेट प्रतियोगिता २०७६ को उपाधी त्रिपुरा ग्लोरियस एकेडेमीको हात

जेष्ठ १७ / दोलखा चरिकोट स्थीत खुडिखेलमा संचलनमा रहेको खुल्ला क्रिकेट प्रतियोगिता २०७६ को उपाधी त्रिपुरा ग्लोरियस एकेडेमीले हात पारेको छ ।
आज भएको फाईनल खेलमा त्रिपुरा ग्लोरियस एकेडेमीले चरिकोट युथ क्लवलाई १४२ रनले हराउदै उपाधि हात पारेको हो ।
क्रिकेट संघ दोलखाको आयोजनामा भएको प्रतियोगीताको उपविजेत चरिकोट युथ क्लव बनेको छ । प्रतियोगीतामा ९ टिमको सहभागिता रहेको थियो ।
क्रिकेट प्रतियोगिताका बिजेताले ५५ हजार ५ सय ५५ नगद सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिएको छ भने उपबिजेताले २५ हजार ५ सय २५ रुपैँया नगद सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
क्रिकेट संघ दोलखाका अध्यक्ष सन्तोष पोखरेलको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसी र जिल्ला खेलकुदक विकास समिति दोलखाका अध्यक्ष हिराकुमार थोकरले मन्तव्य व्यक्त राख्नुभएको थियो ।