दोलखाको तामाकोसी गाउँपालिका स्थित डाँडागाउँमा तामाकोसी एफ एम ९५ मेगाहर्जको परिक्षण प्रसारण सुरु

तामाकोसी गाउँपालिका / दोलखाको तामाकोसी गाउँपालिका स्थित डाँडागाउँमा तामाकोसी एफ एम ९५ मेगाहर्जको परिक्षण प्रसारण सुरु गरिएको छ ।
तामाकोसी गाउँपालिका वडा नम्वर ४ मालुको डाँडागाँउमा सञ्चालनमा आएको रेडियोको उद्घाटन तामाकोसी गाउँपालिकाका प्रमुख ईश्वरचन्द्र पोखरलले गर्नुभयो ।प्रमुख पोखरेलले स्थानिय समचारलाई प्रथामिकता दिनुपर्ने, तामाकोसी गाउँपालिकाले गरेका कामलाई जनता समक्ष पु¥याउनुपर्ने पर्ने, रेडियो स्थानियको आवज बोल्नुपर्ने लगाएत जिल्लाको उत्कृष्ट रेडियो बन्न सुझाव दिनुभयो । कार्यक्रममा बोल्नुहुदै पोखरेले तामाकोसी गाउँपालिकाले धेरै काम गरेको तर यसको प्रचार प्रसार हुन नसकेको पनि बताउनु भयो ।
कार्यक्रममा बोल्नुहुर्दै उपाअध्यक्ष उर्मिला खड्काले यो रेडियो निष्पक्ष र सत्य तथ्य समचार साथै ज्ञानवर्दक सामाग्री प्रसारण गरि स्थानियको आवाज बन्न सक्नुपर्ने वताउनुभयो । नकरात्मकलाई भन्दा सकरात्मकलाई जोडदिनुपर्ने पनि बताउनु भयो ।
रेडियो सञ्चालनका लागि तामाकोसी गाउँपालिकाले चालु आर्थीक वर्ष २०७५÷०७६ मा ८ लाख अनुदान दिएको छ भने बाँकी रकम तामाकोसी संचार केन्द्रले लगानी गरेको हो ।

तामाकोसी संचार केन्द्रका अध्यक्ष सुर्दशन पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कम्युनिष्ठ पार्टी नेकपा दोलखाका पार्टी सचिव गोपाल पाण्डे, तामाकोसी गाउँपालिकाका उपप्रमुख उर्मीला खड्का, वडा नम्वर ४ का वडा अध्यक्ष होम बहादुर श्रेष्ठ र गोल्मेश्वर क्याम्पसका प्रमुख सञ्जयकुमार खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
तामाकोसी एफ एम परिक्षण प्रसारण सुरु गरेसँगै दोलखामा ७ वटा रेडियो सञ्चालनमा आएका छन् । जिल्लाको सदरमुकाम चरीकोटमा रेडियो शैलुङ, कालिञ्चोक एफएम, हाम्र्रो रेडियो र रेडियो भीमेश्वर सञ्चालनमा छन् भने जिरी नगरपालिकामा जिरी एफएम र वैतेश्वर गाउँपालिकाको मैनापोखरीमा रेडियो वान सञ्चालनमा छन् ।