संरक्षण वन उपभोक्ता सञ्जालले पूर्णता

 

विश्व वातावरण दिवसको अवसर पारेर गठन प्रक्रिया अगाडि वढाइएको गौरीशकर संरक्षण क्षेत्र आयोजना अन्तरगतको संरक्षण वन उपभोक्ता सञ्जालले शुक्रबार पूर्णता पाएको छ । आयोजना प्रमुख सत्य नारायण शाहको अध्यक्षतामा वसेको वैठकले विगु गाउँपालिका ४ का रामचन्द्र खड्काको अध्यक्षतामा वन सञ्जाल गठन गरिएको आयोजना प्रधान कार्यालय सिंगटीले जनाएको छ ।
समितिको उपाध्यक्षमा गौरीशंकर गाउँपालिका वडा नं. ६ की विमली शेर्पा, सचिवमा गौरीशंकर गाउँपालिका वडा नम्वर. ५ का लाल बहादुर खड्का र कोषाध्यक्षमा कालिञ्चोक गाउँपालिका वडा नम्वर.१ का कृष्ण पाख्रिन चयन हुनु भएको छ । अन्य सदस्यहरुमा गौरीशंकर गाउँपालिका वडा नम्वर.७ का डम्बर बहादुर गुरुङ, वडा नं. ८ का दान बहादुर बुढाथोकी, वडा नं. ९ की पूर्णिमा तामाङ, विगु गाउँपालिका वडा नं. १ का सोनाम दोर्जे शेर्पा, वडा नं. २ का लाल बहादुर खत्री, वडा नं. ३ का ईश्वर कुमार शर्मा, वडा नं. ५ का तारा बहादुर खड्का, वडा नं. ६ का जिल्ला थामी र वडा नं. ७ का हर्क बहादुर थामी चयन भएका छन् । सञ्जालका सवै पदाधिकारीहरुलाई कार्यक्रमका प्रमुख अतिथि टेकमान तामाङले खादा र अविर लगाएर वधाई दिनुभएको थियो । प्राकृतिक श्रोत माथि स्थानीय उपभोक्ताको हकहित र अधिकार स्थापनाको साथसाथै वन तथा वन्यजन्तुको संरक्षणका लागि जनवकालत गर्नु सञ्जाल गठनको मुख्य उद्धेश्य रहेको आयोजना प्रमुख सत्य नारायण शाहले जानकारी दिनुभयो । समुदायमा अधारित संरक्षण क्षेत्रको लागि सञ्जाल ग्रामीण स्तरमा स्थानीय वन उपभोक्तालाई आयोजना सँग जोड्ने उच्चतम माध्यमको रुपमा रहने आयोजनाको विश्वास रहेको छ ।

विश्व वातावरण दिवसको दिन सञ्जालको गठन गर्ने भनिएपनि पदाधिकारीको टुङगो नलागेपछि शुक्रवार वसेको वैठकले सञ्जाललाई पूर्णता दिएको हो । संरक्षण क्षेत्र व्यवस्थापन समिति लादुकका अध्यक्ष टेकमान तामाङको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो
सञ्जालका लागि गौरीशंकर संरक्षण क्षेत्र भित्र रहेको दोलखा जिल्लाका १३ वटा वडाहरुमा रहेका ५३ वटा संरक्षण वन उपसमितिबाट पदाधिकारीहरु चयन भएका थिए ।