दोलखाको कालिन्चोक गाउँपालिका वडानम्वर ८ सुनखानि स्थित सोति बजारका आगलागी पिडीतलाई सहयोग रकम हस्तान्तरण

जेष्ठ २१ /दोलखाको कालिन्चोक गाउँपालिका वडानम्वर ८ सुनखानि स्थित सोति बजारका आगलागी पिडीतलाई सहयोग रकम हस्तान्तरण गरिएको छ ।
आगलागी पीडित परिवारलाई स्थानीय गणेश शिवाकोटी, सरोज शिवाकोटी र जगदिश खरेलद्धारा संकलित ४ लाख ४४ हजार ५५ रुपैँया रकम जनप्रतिनीधी, राजनितिक दल र स्थानियको रोहबरमा वितरण गरिएको हो ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा गाँउपालिकाका उपप्रमुख कालिका पाठक लगायतको सहभागिता रहेको थियो ।
कालिञ्चोक गाउँपालिका वडा नम्बर ८ सुनखानीको सोति बजार स्थित बासु खरेलको कोठामा विद्युत सर्ट भई गत जेठ १२ गते चार घर पुर्णरुपमा क्षति भएको थियो । आगलागी हुँदा एक करोड ९७ लाख बराबरको क्षती भएको बताइएको छ ।