अठार घण्टा अघि तामाकोसी नदिमा बेपत्ता भएका एक पुरुषको शव फेला

बैशाख २५ तामाकोसी । नदिमा डुबेर बेपत्ता हुनुभएका दोलखा जिल्ला तामाकोसी गाउँपालिका वडा नम्वर चार मालुका शेरबहादुर खड्काको शव १८ घण्टा पछि भेटिएको छ ।
छिमेकिको दाहासंस्कारको लागि मलामी जानुभएका तामाकोसी गाउँपालिका वडा नम्बर ४ मालुका ५५ बर्षीय खड्काको शव बेपत्ता भएको करिब १८ घण्टा पछि मिल्ति खोलामा भेटीएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक प्रदिप महतले जानकारी दिनुभयो ।
प्रहरी निरिक्षक प्रदिप महतका अनुसार तामाकोसी नदिमा चिप्लिएर हराएका ५५ बर्षिय खड्काको खोजि कार्य स्थानिय र प्रहरिले संयुक्त रुपमा गर्दा रामेछाप जिल्ला मंथलि नगरपालिका वडा नम्वर १३ मिल्ति भन्दा तल साँखे देविटार बगरमा नदीको विचमा मृत अवस्थामा भेटिएकोे हो ।
छिमेकि पृथ्वी बहादुर भण्डारीको दाहसंस्कारको लागि जानुभएको खड्का दाहसंस्कार सकी चिता पखाल्ने क्रममा हिजो बेलुका ६ बजे अचानक चिप्लिएर नदीमा खसि बेपत्ता हुनुभएको बताइएको छ ।