नेपाली अर्थतन्त्रमा गइरहेका ५ कम्पन : यस्तो हुनसक्छ असर र बच्ने उपाय

काठमाडौँ । समाजमा हाम्रो स्थान कहाँ हुने भनेर दीर्घकालीन दृष्टिकोण नबनाए आगामी दिनमा अझै अप्ठ्यारो स्थिति आउँछ । यसबाट बाहिर निस्कन विक्रम संवत् ००७ सालदेखि ०८७ साल अर्थात् सन् २०३० सालसम्मको लक्ष्य कोर्नु पर्नेहुन्छ । यसै प्रसङ्गमा विभिन्न कोणहरूबाट विभिन्न फोरमहरूमा आफ्नै तरिकाले आ–आफ्नै शैलीमा विचारहरू आइरहेका छन् ।

 

 

वस्तुगत परिस्थितको संश्लेषण गरेर लोकतान्त्रिक परिधिभित्र रहेर स्पष्ट दृष्टिकोण बनाउन सक्नुपर्छ । त्यसका लागि प्रगतिउन्मुख, उद्योगमैत्री, फराकिलो मध्यमवर्गीय आय भएको शान्त र सुरक्षित समाजको परिकल्पना गर्नुपर्छ । जो लोकतान्त्रिको फ्रेमवर्कभित्र नै कल्पना गर्नुपर्छ ।

आज समग्रमा बृहत् समुन्नतिको खाका तयार पार्न केके मुद्दा उठिरहेका छन् ? तिनमा यो प्रजातान्त्रिक कित्ताले के कस्तो गृहकार्य गरेर आगामी तीन– चार वर्षपछिका स्थानीय तथा प्रादेशिक निर्वाचनमा कस्तो किसिमको तयारी गर्नुपर्छ भन्नेबारेमा केही कुरा राख्न चाहन्छु ।

नेपालको भूमिकृत समृद्धि र विकास गर्ने हुटहुटी जताततै देखिन्छ । यसमा भिजन नभएको पनि होइन, कुनै न कुनै कुरामा मिस्युज भइराखेको छ । हाम्रो भिजनअनुसारको बिजनेस हुन सकेको छैन । पछिल्ला दिनमा जोडिसियल (कानुनी राज) पनि खस्किराखेको छ । सुरक्षा निकायको औचित्य र आधारका बारेमा सुधारका कुरा पनि आइरहेका छन् । स्थानीय तह र प्रादेशिक संरचनाका बारेमा पनि कुरा आइरहेका छन् । हिजो एउटा मात्र सिंहदबार थियो । आज सात सय ५३ वटा सिंहदरबारमा विकृति मौलाइरहेको छ । समाजमा वकिल, डाक्टर, आर्किटेक्ट, प्राध्यापक, मिडिया जस्ता व्यावसायिक निकाय जसले आफूलाई स्वरोजगार पेसा ठान्छन् ।

पुग्ने कहाँ हो ? साध्य के हो ? लक्ष्य के हो ? यसका साथै प्लान्टको अर्थतन्त्र र नेपालको समाजमा गइरहेका कम्पन, भूकम्प, ठूलाठूला हलचलहरू केकस्ता कुराले ल्याइराखेका छन् । त्यसमा हामीले प्राज्ञिक कोणबाट आम जनताको तहमा पनि बुझाउन सक्ने गरेर विभिन्न इभेन्टमा छलफल गर्नुपर्ने हुन्छ ।

जसलाई म्याक्रो (वृहद) लेबल सँगसँगै माइक्रो (सूक्ष्म) लेबलमा विकास गर्नु सक्नुपर्छ । सन् २०३० सम्ममा अथवा विक्रम संवत ०२१ मा यहाँ पुग्छौँ भनेर भिजनबिनाको नारा लगाएर मात्र पुग्दैन । त्यसका लागि विभिन्न कुरामा ध्यान दिनुपर्छ ।

पुग्ने कहाँ ?
पुग्ने कहाँ हो ? साध्य के हो ? लक्ष्य के हो ? यसका साथै प्लान्टको अर्थतन्त्र र नेपालको समाजमा गइरहेका कम्पन, भूकम्प, ठूलाठूला हलचलहरू केकस्ता कुराले ल्याइराखेका छन् । त्यसमा हामीले प्राज्ञिक कोणबाट आम जनताको तहमा पनि बुझाउन सक्ने गरेर विभिन्न इभेन्टमा छलफल गर्नुपर्ने हुन्छ । त्यस्तै हाम्रो मुलुकको विकासको उत्प्रेरकहरू के–के हुन् ? त्यसमा फ्याक्ट म्यासेज दिनुपर्यो र  साधनहरू केके हुन् ? साध्यमा पुग्ने ती साधनहरू वा खुट्किलाहरू खोज्नुपर्छ ।

त्यो यात्राका जोखिम के के हुन् ? त्यसबारेमा पनि स्पस्टता भयो भने भविष्यमा गर्न सकिने विकासको खाका तयार पारेर अगाडि जाँदा करिब गन्तव्यमा पुग्न सकिन्छ ।

५ वटा कम्पन 
अहिले नेपाली समाजमा पाँचवाट कम्पन गइरहेका छन् । ती पाँचवटा पराकम्पमध्ये पहिलो हो– हाम्रो जनसाङ्ख्यिक बनोट, जो एकदमै भद्रगोल छ । यसलाई युवा जागरण अभियानले परिचालन, प्रेरित गरेर एउटा समुन्नतर्फ डोर्याउन सकिन्छ । यो सकारत्मक पक्ष हो । संसारका भीषण गृहयुद्धबाट माथि उठेका मुलुकहरूको जस्तै हाम्रोमा पनि भूराजनीतिक बनोट छ । हामीले युवा जनशक्ति खेर फालेका छौँ ।

राष्ट्रिय योजना आयोगको अध्ययनले देखाएको छ– सन् ०२८ देखि ३० सम्म अझै पनि फड््को मार्न सक्छौँ । तर त्यही गतिका साथ अगाडि जान सक्नुपर्छ । सन् ०३० पछि हामी बुढौलो समाजमा पुग्छौँ । यो एक दशकमा हामीले विकासमा फड्को मार्न सकेनौँ भने सन् ०३५ पछि विकासको गति त्यति सम्भव छैन । हाम्रो जस्तै जनसांख्यिक बनोट भएको मुलुक इन्डोनेसियामा प्रतिव्यक्ति आम्दानी ५ गुणा बढी छ । हामीले हाम्रो जनसाङ्ख्यिक बनोट राम्ररी बुझेनौँ । त्यो अनुसारको नीति बनाउन सकेनौँ भने हाम्रो समाज र अर्थतन्त्रमा समस्या चुलिँदै जानेछन् । यसबाट हामीबाहिर निस्कन निकै कठिन हुनेछ ।