गढीमाई देउराली हुर्दै नागिडाँडा सम्मको क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गराउदै तामाकोशी गाउँपालिका

0
8

दिपक बस्नेत
जफे, २७ माघ
दोलखाको तामाकोशी गाउँपालिकाले गढिमाई देउराली हुँदै नागिडाँडा सम्मको क्षेत्रलाई पर्याटकीय क्षेत्रको रुपमा विकास गराउने भएको छ ।

तामाकोशी गाउँपालिकाले ऐतिहासि संरक्षण क्षेत्रको रुपमा लिएको गढीमाई क्षेत्रलाई विकास गराउन देउराली गढीमाई मन्दिर निमार्णका लागी मन्दिर शिलान्यास गरिएको छ ।  तामाकोशी गाउँपालिकाका अध्यक्ष इश्वर चन्द्र पोखरेलले मन्दिरको सिलान्यास गर्नुभएको हो । गढीमाई देउराली हुर्दै नागिडाँडा सम्मको क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न दिर्गकालिन योजना वनाउन तथा भौतिक संरचना निर्माण गर्नका लागि तामाकोशी गाउँपालिकाले आर्थिक वर्ष २०७६÷७७ मा गडिमाई मन्दिर निमार्णको लागि अठार लाख रकम विनियोजन गरेको गरेको छ । तामाकोशी गाउँपालिका वडा नम्वर ६ देउराली गडिमाई मन्दिर क्षेत्र पर्यटकिय दृष्टिकोणले महत्वपुर्ण मानिदै आएको छ । देउरालि गडिमाई मन्दिरको क्षेत्रको पनि आफ्नै छुटै इतिहास रहेको गडिमाई खोजकर्ता भुवन खत्रिले बताउनु भयो ।

शिलान्यास कार्यक्रममा वोल्नु हुदै अध्यक्ष पोखरेलले ऐतिहासिक थलो भएको हुदा तामाकोशी गाउँपालिकाको पर्यटन क्षेत्रको रुममा विकास गरिने भएकाले सम्पुर्ण स्थानियले सहयोग गर्नुपर्ने बताउनु भयो । यसका लागि कार्ययोजनाका साथ अगाडि बढ्ने अध्यक्ष पोखरेलको भनाइ थियो । मन्दिर निमार्ण समितिका अध्यक्ष भुवन बहादुर खत्रिको अध्यक्षतामा भएको कार्यक्रममा तामाकोशी गाउँपालिकाका उपाध्यक्ष उर्मिला खड्का के.सी, तामाकोशी गाउँपालिका वडा नम्वर ६ का वडा अध्यक्ष झनक फुयाल, गाउँपालिका सदस्य रुद्रवहादुर घिमिरे लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here